काठमाडौं । ओमानविरुद्ध उत्कृष्ट बलिङमा गरेका नेपालका अलराउण्डर गुलसन झाले कहिले कहीँ खेलमा अप एण्ड डाउन भएपनि ब्याक गर्न आवश्यक रहेको बताएका छन् ।
ओमानविरुद्ध पाँच विकेट लिएका गुलसनले कुनैपनि खेलाडी कहिलेकाहिँ खराब लयमा जाने भएपनि टोलीले मनोबल बढाउन आवश्यक रहेको औंल्याएका हुन् । यस श्रृंखलामा चार खेलमध्ये तीन जित निकाल्दा टोली उत्साहित रहेको उनको भनाइ छ । उनले चार वटै खेल जित्ने टोलीले मिहेनत गरे पनि सम्भव नभएको उल्लेख गरे । तर यो नतिजाबाट पनि खुशी रहेको उनी बताउँछन् । उनले टोलीका लागि बलिङ या ब्याटिङ जुनसुकै क्षेत्रमा राम्रो गर्न प्रयासमा गरिरहेको बताए । अर्जुन कुमालले केही वर्षयता घरेलु क्रिकेटमा धेरै राम्रो खेलिरहेको उनको भनाइ छ । छिटै विकेट पतनपछि अर्जुनले उत्कृष्ट इनिङ खेलेको गुलसनको भनाइ छ । ब्याटिङ गर्न धेरै राम्रो पिच बनेको गुलसनले उल्लेख गरे ।
होम श्रृंखलाको कुनैपनि खेल नहार्ने लक्ष्य रहेको उनी बताउँछन् । आगामी श्रृंखला ९स्कटल्याण्ड र अमेरिका० मा पनि सबै खेल जित्न मेहनत गर्ने गुलसनको विश्वास छ । टोलीमा कुनै पनि खेलाडी आउनु र जानुको कुनै अर्थ नहुने तर देशले जित्नु नै महत्वपूर्ण पक्ष रहेको उनी बताउँछन् ।
ओमानका मुख्य प्रशिक्षक शुलक्षण कुलकर्णीले नेपाल मैदानमा राम्रो गर्न नसके पनि आगामी शृंखलामा सुखद नतिजा ल्याउने बताएका छन् । लिग–२ मा आठ खेल खेल्न बाँकी रहेकाले शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो रहेको उनको विश्वास छ । नामिबियामा जस्तो नेपालको शृंखलामा राम्रो नतिजा ल्याउन नसकिएको उनले स्वीकार गरे । यद्यपि, आफ्नो टोलीले धेरै राम्रो क्रिकेट खेलेको उनको विश्वास छ ।
त्रिवि क्रिकेट मैदानको पिच धेरै राम्रो बनाएको क्युरेटरलाई धन्यवाद र बधाई दिए । २५० र तीन सय रनसम्म पुग्नुले पिचमा धेरै सुधार आएको उनको बुझाई छ । उनले आफ्नो टोलीले लिग–२ मा सुधार गरिरहेकाले आफू धेरै उत्साहित रहेको बताएका छन् । युएईमा हुने श्रृंखलामा राम्रो प्रदर्शन गर्ने विश्वास उनको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि