काठमाडौं । चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् । नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जित्नुभएको छ । भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा स्वर्ण जित्नुभयो । उहाँले ४९ केजी तौल समूहमा अर्को स्वर्ण जित्न सफल हुनुभयो ।
आयुष बोहराले पनि स्वर्णसहित कांस्य पदक हात पार्नुभयो । ब्रेकिङ इभेन्टमा स्वर्ण जित्नुभएका आयुश व्यक्तिगत पुम्सेमा भने कांस्यमा सीमित हुनुभयो । सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण प्राप्त गर्नुभयो । प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि