ललितपुर । रेबी बज्राचार्यको उपन्यास ‘प्यारी छोरी माया’ विमोचन गरिएको छ । सोमबार पाटनमा आयोजित एक विशेष समारोहमा कथाकार ध्रुव मधिकर्मी, अधिवक्ता विष्णु बस्याल र सामाजिक अभियन्ता राजाराम तण्डुकारलगायतले उक्त कृति विमोचन गर्नुभएको हो ।
कृतिमाथि समीक्षा गर्दै मधिकर्मीले उपन्यासले स्वच्छ र हिंसामुक्त समाजको पक्षमा स्पष्ट सन्देश दिएको जिकिर गर्नुभयो । उहाँले समाजमा बढ्दो हिंसा र यातनाबाट पीडित महिला तथा बालबालिकाप्रति अभिभावकीय जिम्मेवारी, न्याय र संवेदनशीलताको आवश्यकता औंल्याएको उल्लेख गर्नुभयो ।
उपन्यासकार बज्राचार्यले देश-विदेशमा महिलामाथि भइरहेका हिंसा र विभेदका घटनाले आफूलाई प्रभावित पारेकाले त्यसलाई साहित्यमा उतारेको जानकारी गराउनुभयो । उपन्यासलाई सिर्जना अभियान समाजले प्रकाशन गरेको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि