काठमाडौं । चलचित्र ‘युनिभर्सटी अफ गुन्डाज्’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सलिनमान बनियाँको जन्मदिनको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा सलिनमान बनियाँ एक्सन अवतारमा देखिनुभएको छ । चलचित्र ‘यात्रा’पछि उहाँले यसै चलचित्रमार्फत पुनरागमन गर्नुभएको हो । यसपटक उहाँ दर्शकमाझ फरक शैलीमा प्रस्तुत हुने संकेत टिजरले दिएको छ ।
सान्भी इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा सलिनमानलाई लभर ब्वाईको छविबाट बाहिर निकाल्दै एक्सन भूमिकामा प्रस्तुत गरिएको छ । निर्माण टिमका अनुसार उहाँको यो कमब्याकले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।
टिजरमा अभिनेता सलोन बस्नेत पनि एक्सन भूमिकामा देखिनुभएको छ । टिजरमा सलिनमान र सलोनलाई साथीको भूमिकामा प्रस्तुत गरिएको छ जहाँ उनीहरू आफ्नो ग्याङको लक्ष्य प्राप्तिका लागि संघर्षरत देखिन्छन् ।
निर्देशक सुरेश न्यौपानेद्वारा निर्देशित यस चलचित्रको कथा तथा पटकथा स्वयं सलिनमान बनियाँले लेख्नुभएको हो । चलचित्रका अन्य कलाकार तथा प्राविधिकबारे भने निर्माण टिमले जानकारी सार्वजनिक गरेको छैन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि