काठमाडौं । चलचित्र ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । काठमाडौं तथा आसपासका क्षेत्रमा छायांकन गरिएको उक्त चलचित्रलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिनुभयो ।
निर्देशक योञ्जनले प्रेम गरे तापनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गरिरहेको जोडीको कथालाई चलचित्रमा दर्शकले देख्न पाउने बताउनुभयो । चलचित्रमा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारको अभिनय छ ।
निर्देशक योञ्जनका अनुसार केही देशमा चलचित्रको प्रदर्शन अधिकारसम्बन्धी छलफल अन्तिम चरणमा छ । चलचित्रमा उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व संगीत र शिशिर खातीको नृत्य निर्देशन छ ।
डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको चलचित्रमा ड्रेस डिजाइन आइआइएफटी (धीरज एण्ड मिरुना)ले गर्नुभएको हो । काठमाडौंमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि