काभ्रेपलाञ्चोक । वि.पि. राजमार्ग अन्तर्गत कटुन्जेबेँसी–नेपालथोक सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक ले अत्यन्त जरुरी सूचना जारी गर्नु भएको छ।
गत वर्षको बाढीका कारण क्षतिग्रस्त भई हाल निर्माण तथा स्तरोन्नति भइरहेको उक्त सडकखण्डमा सामान्य वर्षात्को समयमा समेत अवरोध हुने समस्या देखिँदै आएको प्रशासनले जनाएको छ। विशेषगरी रोशी खोलामा आउने बाढीका कारण यात्रु तथा सवारीसाधन उच्च जोखिममा पर्ने अवस्था रहेको उल्लेख गरिएको छ।
प्रशासनका अनुसार २०८३ वैशाख २२ गते रोशी गाउँपालिका–७ घुमाउने क्षेत्रमा आएको बेलबाढीका कारण सवारीसाधन फस्दा ८९ जनाको ज्यान जोखिममा परेको घटनाले जोखिम अझ स्पष्ट बनाएको छ। साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को निर्देशनलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरिएको जनाइएको छ।
ADVERTISEMENT
जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार आजदेखि अर्को सूचना जारी नभएसम्म खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। साथै मौसम र बाढीको अवस्थाअनुसार अन्य समयमा समेत आवश्यक परे अस्थायी रूपमा सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ।
यात्रुहरूलाई उक्त सडकखण्ड प्रयोग गर्नु अघि नजिकका प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) मार्फत सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गर्नु भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि