काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । काँग्रेसले सरकारले सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी डोजर आतंक मच्चाएको भन्दै सरकारको विरोध गरिरहेको छ ।
यसबारेमा सदनमा सशक्त ढंगले प्रस्तुत हुने काँग्रेसले बताएको छ । वैशाख २८ गते संसद अधिवेशन आह्वान भएकाले पनि संसदमा प्रस्तुत हुने विषयमा छलफल हुने बताइएको छ ।
संसद अधिवेशन बोलाइसकेपछि पुनः स्थगित गरी अध्यादेश ल्याउनुलाई काँग्रेसले उचित ठानेको छैन । यसबारेमा पनि छलफल हुने बताइएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि