काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्ने प्रयास गरेको आरोप लगाउँदै कडा विरोध जनाउनुभएको छ।
नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले परिषद्लाई नियन्त्रण गर्नकै लागि संसद् अधिवेशन आह्वान गर्ने र बन्द गर्ने प्रपञ्च रचिएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “भोलिका लागि परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री तीन जनाले मात्रै निर्णय गरेर खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने खेल भइरहेको छ।”
थापाका अनुसार यस्तो अभ्यास आपत्तिजनक र अस्वीकार्य भएकाले संसद्मा सशक्त रूपमा विरोध गरिनेछ। उहाँले तीन जनाको बहुमतबाट निर्णय गर्ने व्यवस्था तत्काल रोक्न नसकिए पनि संसदीय प्रक्रियामार्फत विरोध जनाइने बताउनुभयो।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबारका लागि परिषद्को बैठक बोलाउनुभएको छ। परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेको पनि सहभागिता रहनेछ।
यसैबीच, संसदीय दलको बैठकमा सभापति थापाले अध्यादेश प्रकरण र सुकुम्बासी बस्तीमा भएको डोजर प्रयोगजस्ता विषयमा वैशाख २८ गतेदेखि सुरु हुने संसद् बैठकमा कडा रूपमा आवाज उठाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि