काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहितका सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बुधवार बसेको प्रतिष्ठानको बैठकमा उपसभापति प्रमुख तथा पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
उपसभापति शर्माले प्रतिष्ठानका बाँकी सदस्यहरुलाई शपथ खुवाउनु भयो । पार्टीका उपसभापति एवं केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख शर्माले मंगलवार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गर्नुभएको थियो ।
उपसभापति शर्माले नेपाली काँग्रेसको विधान, २०१७ ९संशोधनसहित०को धारा ३६ ९१० ९ग० बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गर्नुभएको थियो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि