काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ।
उद्योग–व्यवसायीहरूको छाता संगठन महासङ्घमा अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठ विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन हुनुभएको हो।
महासङ्घको ६०औँ वार्षिक साधारणसभापछि सुरु भएको निर्वाचन प्रक्रियाको मतगणना सम्पन्न भएसँगै नयाँ कार्यसमिति पनि चयन भएको छ।
ADVERTISEMENT
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यस्तै, वस्तुगत सङ्घतर्फ नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ प्रबलजङ्ग पाण्डे उपाध्यक्ष पदमा विजयी हुनुभएको छ।
नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि