काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारणसभा तथा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। वैशाख २२ गते काठमाडौँको कमलादीमा सम्पन्न मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै कार्यसमिति टुंगिएको हो।
विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा चयन हुनुभएको छ। निर्वाचन परिणामले महासङ्घभित्र उनको समूहलाई बहुमत प्राप्त भएको देखिएको छ।
एसोसिएट उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभएको छ। उहाँले ज्योत्सना श्रेष्ठलाई ३२९ मतले पराजित गर्दै १०७९ मत ल्याएर जित हासिल गर्नुभएको हो।
जिल्ला तथा नगरतर्फ उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी हुनुभएको छ।
एसोसिएटतर्फ १७ सदस्य पदमा सचिन ढकाल सर्वाधिक १३१८ मतसहित पहिलो स्थानमा विजयी हुनुभएको छ। अन्य निर्वाचित सदस्यहरूमा हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा लगायत रहेका छन्।
वस्तुगततर्फको कार्यकारिणी सदस्य निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने चार उम्मेदवार समान मत (५०–५०) ल्याएकाले तीन पद गोलाप्रथाबाट टुंगिने निर्वाचन समितिले जनाएको छ।
नयाँ नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, नीति सुधार र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि