काठमाडौं । लुम्बिनी हेरिटेज लिमिटेडको वार्षिक साधारण सभा २०८३ वैशाख २० गते लुम्बिनीस्थित कम्पनीको कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले कम्पनीको दीर्घकालीन रणनीतिक विस्तारलाई लक्ष्य गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेको छ। साथै, अन्तर्राष्ट्रिय होटल ब्रान्ड आईएचजी अन्तर्गतको क्राउन प्लाजा लाई सन् २०२७ जनवरीभित्र व्यवस्थापन हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी पनि दिइएको छ।
मुख्य निर्णयहरू:
ADVERTISEMENT
प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाइने
सन् २०२७ भित्र आईएचजी क्राउन प्लाजा लाई व्यवस्थापन हस्तान्तरण गर्ने तयारी
लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण
प्रबन्धपत्र तथा नियमावली संशोधन
कम्पनीका अध्यक्ष सुभाष अमात्यले प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत पारदर्शिता वृद्धि गर्दै दीर्घकालीन मूल्य सिर्जनामा कम्पनी केन्द्रित रहने बताउनु भयाे ।
कम्पनीले वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि