काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानूनविपरीत प्रावधान सच्याउन पार्टी सांसदहरूलाई निर्देशन दिनुभएको छ।
बुधबार सिंहदरबारमा बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकमा सभापति थापाले संसदमा आउने अध्यादेश प्रतिस्थापन विधेयकलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक सुधार गर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो।
उहाँले सरकार संविधानको सीमा बाहिर जान खोजेको आरोप लगाउँदै विधिको शासन नै लोकतन्त्रको आधार भएको स्पष्ट पार्नुभयो। “कानूनभन्दा माथि कोही हुँदैन,” उहाँले भन्नुभयो।
थापाले सरकारसँग बहुमत भए पनि त्यसको आधारमा मनलाग्दी कानून बनाउन नहुने बताउँदै कानूनको उद्देश्य र प्रयोग दुवै महत्वपूर्ण हुने धारणा राख्नुभयो।
उहाँले अध्यादेश ल्याउनु संवैधानिक रूपमा गलत नभए पनि त्यसको उद्देश्य र नियत हेर्नुपर्ने बताउँदै अहिले ल्याइएका केही अध्यादेशमा संविधानविपरीत विषय हुन सक्ने भन्दै सच्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
सभापति थापाले संसदमा आउने प्रत्येक अध्यादेशको संवैधानिकता जाँच्ने, आवश्यक परे प्रश्न उठाउने र सुधारका लागि दबाब दिने जिम्मेवारी सांसदहरूको भएको पनि स्पष्ट पार्नुभयो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि