भक्तपुर । “नेपाल रन पाँच किलोमिटर च्यालेन्ज २०२६” आगामी वैशाख २६ गते भक्तपुरमा आयोजना हुने भएको छ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा र चाँगुनारायण नगरपालिकाको सहकार्यमा हुने प्रतियोगिता तीन चरणको सिरिजका रूपमा सञ्चालन गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता चाँगुनारायण नगरपालिका परिसरबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः सोही स्थानमा समापन हुनेछ। खुला महिला–पुरुष, भेट्रान (पुरुष ४५ वर्षमाथि र महिला ३५ वर्षमाथि) तथा १८ वर्षमुनिका खेलाडी गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ।
खुला तथा भेट्रानतर्फ ५ किलोमिटर र युवा वर्गका लागि ३ किलोमिटर दूरीको दौड हुनेछ। करिब २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ।
ADVERTISEMENT
खुला पुरुष तथा महिलातर्फ प्रथम हुनेले १२ हजार रुपैयाँसम्म पुरस्कार पाउनेछन् भने भेट्रान र युवा वर्गमा पनि क्रमशः विभिन्न नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ। विजेताहरूलाई पदकसमेत प्रदान गरिनेछ।
आयोजकका अनुसार तीन चरणमा हुने सिरिजमार्फत खेलाडीहरूले अंक संकलन गर्नेछन् र अन्तिम ‘ग्राण्ड’ प्रतिस्पर्धामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार दिइनेछ।
प्रतियोगिताको उद्देश्य एथलेटिक्सप्रति आकर्षण बढाउने, नयाँ खेलाडी उत्पादन गर्ने र खेलाडीको क्षमता विकासमा योगदान पुर्याउने रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि