काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य-सचिव टंकलाल घिसिङले एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपको उपाधि विजेता जापानलाई पुरस्कृत गर्नुभएको छ । एसिया रग्बीका उपाध्यक्षसमेत रहनुभएका घिसिङ प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो ।
कजाखस्तानको अल्माटीमा जारी प्रतियोगितामा एसियाका शीर्ष तीन वरीयतामा रहेका राष्ट्र जापान, हङकङ चीन र कजाखस्तानले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा जापानले पहिलो खेलमा कजाखस्तान र दोस्रोमा हङकङ चीनलाई पराजित गर्दै उपाधि जितेको हो । लिगको अन्तिम खेल भने हुन बाँकी छ । लिगको अन्तिम खेल कजाखस्तान र हङकङ चीनबीच मे १० तारिखमा हुनेछ ।
‘अल्माटीमा आयोजित एसिया रग्बीमा पुरस्कार वितरण गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु । जापानलाई जितका लागि बधाई छ । तपाईंको अनुशासन, टिम वर्क र जोसले साँच्चै एसियाली रग्बीमा उत्कृष्टताको मानक तय गरेको छ ।’
पुरस्कार वितरणपछि घिसिङ आफ्नो फेसबुकमा लेख्नुहुन्छ, ‘हङकङ चीन र कजाखस्तान टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि, उत्कृष्ट कार्यक्रम गरेकोमा आयोजक संघलाई, मूल्यवान प्रायोजक एमिरेट्सलाई निरन्तर समर्थनका लागि र यो प्रतियोगिता सम्भव बनाउने स्वयंसेवकहरूलाई प्रशंसनीय कार्यका लागि हार्दिक धन्यवाद । यो च्याम्पियनसिपले एसियाभरि महिला रग्बीको स्थिर प्रगति र बढ्दो स्तरलाई प्रतिबिम्बित गर्दछ र सबै तहमा खेललाई अझ विकास गर्ने हाम्रो साझा प्रतिबद्धतालाई सुदृढ गर्दछ ।’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि