काठमाडौं । आगामी साताबाट सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको शृंखलाका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ । स्कटल्याण्ड क्रिकेट बोर्डले रिची बेरिङ्टनको कप्तानीमा नेपाल र अमेरिकासँगको शृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
शृंखला वैशाख २९ देखि जेठ ८ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । स्कटल्याण्डले वैशाख २९ मा नेपालसँग खेल्दै शृंखलाको सुरुवात गर्नेछ । शृंखलामा २८ खेलबाट ३४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा छ । अमेरिका २४ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल २४ खेल खेल्दै १८ अंक जोडेर सातौँ स्थानमा छ ।
स्कटल्याण्डको टोलीमा रिची बेरिंग्टन (कप्तान), म्याथ्यु क्रस, ब्राडली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इंग्लिस, ओवेन गोल्ड, ज्याक जार्विस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रिएथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफ्यान शरीफ र मार्क वाट हुनुहुन्छ ।
ओडिआई अलराउण्डर वरीयता : घरेलु शृंखलामा चम्किएका दीपेन्द्र १२ स्थान माथि उक्लिए
नेपाली ओडिआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी ओडिआई अलराउण्डर वरीयतामा १२ स्थान माथि उक्लिनुभएको छ । आइसिसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र १२ स्थान माथि उक्लिँदै ३१औँ स्थानमा पुग्नुभएको हो । उहाँको रेटिङ अंक बढेर १४८ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनबाट उहाँको वरीयता सुधार भएको हो । शृंखलाका चार खेलमा उहाँले दुई अर्धशतक र एक शतक प्रहार गर्दै महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
उहाँले चार विकेट पनि लिनुभयो । दीपेन्द्रले युएईसँगको पहिलो खेलमा ७५ रन बनाउनुभएको थियो भने एक विकेट पनि लिनुभयो । ओमानसँगको खेलमा ६० रन बनाउँदै दुई विकेट लिनुभएको थियो । युएईसँगको दोस्रो खेलमा शतक बनाउनुभयो । त्यस्तै, ओमानसँगको दोस्रो खेलमा ३३ रन बनाएर एक विकेट लिनुभएको थियो । टी-२० आई अलराउण्डरको वरीयतामा भने दीपेन्द्र चौथो स्थानमै यथावत् हुनुहुन्छ ।
ओडिआई बलिङ वरीयतामा सन्दीपको १५ स्थान सुधार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी ओडिआई बलिङ वरीयतामा १५ स्थान सुधार गर्नुभएको छ । आइसिसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार सन्दीप ५८औँ स्थानबाट ४३औँ स्थानमा उक्लिनुभएको हो । उहाँको रेटिङ अंक बढेर ४८८ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा सन्दीपले सानदार प्रदर्शन गर्नुभएको थियो ।
शृंखलाका चार खेलमा उहाँले आठ विकेट लिनुभएको थियो । उहाँ निकै किफायतीसमेत रहनुभयो । युएईसँगको पहिलो खेलमा सन्दीपले १० ओभरमा २५ रनमात्र दिएर दुई विकेट लिनुभएको थियो । ओमानसँगको खेलमा १० ओभरमा २४ रनमात्र दिएर दुई विकेट लिनुभयो ।
युएईसँगको दोस्रो खेलमा आठ ओभरमा ३६ रन दिएर ३ विकेट लिनुभयो । ओमानसँगको दोस्रो खेलमा ८.५ ओभरमा ३० रन दिएर एक विकेट लिनुभएको थियो । बलिङ वरीयतामा अन्य नेपाली खेलाडी भने खस्किएका छन् । ललित चार स्थान तल झरेर ६५औँ स्थानमा हुनुहुन्छ भने करण केसी पाँच स्थान खस्किएर ९०औँ स्थानमा हुनुहुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि