काठमाडौं । चलचित्र ‘आबाट आमा २’ मा सबिन श्रेष्ठको प्रवेश भएको छ । उहाँलाई चलचित्रका निर्देशक तथा निर्माता चन्द्र पन्तले चलचित्रको एक मुख्य भूमिकामा अनुबन्ध गर्नुभएको हो । यसअघि यो चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठलगायत कलाकार देखिने पक्का भइसइसको छ ।
गत वर्ष रिलिज भएको चलचित्र ‘आबाट आमा’ सुपरहिट बनेको थियो । यो सोही चलचित्रको दोस्रो भाग हो । यस चलचित्रमा सबिन श्रेष्ठ, गजित विष्ट, नरेन खड्कालगायतले अभिनय गर्दैहुनुहुन्छ । निर्माण टिमले यस चलचित्रका अभिनेत्रीको भने नाम सार्वजनिक गरेको छैन ।
आगामी बडादशैँमा प्रदर्शनमा ल्याउने भनिएको यो चलचित्रको केही सातापछि फ्लोरमा निस्किने तयारी छ । यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ ।
आर्या इन्टरेटन्मेन्ट प्रा.लि.को ब्यानरमा हुने यस चलचित्रको डिजिटल अधिकार ओएसआरले लिएको छ । यसको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुनुहुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि