काठमाडौं । काठमाडौंमा त्रिदेशीय नाटक महोत्सव आयोजना हुनेभएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो महोत्सव नेपाल सरकार, काठमाडौं महानगरपालिका, बीपी कोइराला फाउण्डेशन तथा भारतीय राजदूतावासको सहकार्यमा सञ्चालन हुनलागेको हो ।
यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौं, गैरीधारास्थित कान्तिपुर थिएटरमा आयोजना हुने महोत्सवमा नेपाल, भारत तथा श्रीलंकाका नाट्यकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ । हरेक दिन साँझ ५ः३० बजे तीनवटै देशका नाटक मञ्चन गरिने कार्यक्रम तय गरिएको छ ।
महोत्सवअन्तर्गत नेपालबाट कला घरको ‘अछेता’, श्रीलंकाबाट द क्रियटिभ आर्ट एकेडेमीको ‘होम इन सुटकेस’ तथा भारतबाट रंग संस्कारको ‘शकुनि’ मञ्चन गरिनेछ ।
आयोजकका अनुसार महोत्सवले तीन देशबीच सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउनुका साथै रंगकर्ममार्फत समकालीन विषयवस्तु उजागर गर्ने उद्देश्य राखेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि