काठमाडौं । ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ । विराज भट्टको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको बुधबारदेखि गीत छायांकनमार्फत सुरु गरिएको निर्माण टिमले जनाएको छ । चलचित्रको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा गरिनेछ । निर्माण पक्षका अनुसार चलचित्रलाई बडादशैँको अवसर पारेर फूलपातीको दिन रिलिज गर्ने तयारी गरिएको छ ।
चलचित्रमा निर्देशक भट्ट स्वयंका साथै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्व लगायत कलाकारको अभिनय रहनेछ ।
छायांकनतर्फ डीओपीको जिम्मेवारी महेश पौडेलले सम्हाल्नुभएको छ भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पार्नुभएको हो । एक्सन दृश्यका लागि इस्टनर सिल्वा र शंकर महर्जन ले फाइट कोरियोग्राफी गर्नुहुनेछ ।
चलचित्रको ब्याकग्राउण्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नुहुनेछ भने संगीततर्फ युग भुसाल, देवेन्द्र बराल र डीपी खनालको रहनेछ । गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ ।
निर्माण व्यवस्थापन भोला सुवेदी (आरजे प्रणव) र रमेश खड्काले सम्हाल्नुभएको छ भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नुहुनेछ । वितरणतर्फ उपत्यकामा काफिया फिल्मस् प्रालि र उपत्यकाबाहिर कुबेर फिल्म्सले जिम्मेवारी लिएका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि