काठमाडौं । चलचित्र‘छ माया छपक्कै-२’ को छायांकन आरम्भ गरिएको छ । पहिलो दिन गागलफेदीमा दीपकराज गिरी र केकी अधिकारीको भागको दृश्य खिच्दै चलचित्रको छायांकन आरम्भ गरिएको हो ।
आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा बन्न लागेको यो चलचित्रको छायांकन दुई चरणमा हुने जनाइएको छ । पहिलो चरणमा ३० र दोस्रो चरणमा २० गरी ५० दिन छायांकन गरिने निर्माण टिमले जनाएको छ । चलचित्रको छयांकन काठमाडौंसहित पोखरा र नुवाकोटमा हुनेछ ।
यो चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो शृंखला हो । दीपेन्द्र लामाको निर्देशन रहेको यस चलचित्रले सामाजिक-राजनीतिक कथावस्तुलाई समेटने जनाइएको छ । चलचित्रको पटकथा दीपेन्द्रसहित दीपकराजले लेख्नुभएको हो ।
चलचित्रमा दीपक र केकीसहित सनिशा भट्टराई, दीपाश्री निरौला र निर्मल शर्मा लगायतको अभिनय रहनेछ । रोहित अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहनुभएको छ । यो चलचित्र आगामी बडादशैँमा रिलिज हुने तयारीमा छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि