काठमाडौं । नृत्य निर्देशक संघ नेपालको आयोजनामा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न भएको छ । संघको तेस्रो केन्द्रीय अधिवेशनबाट निर्वाचित कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि भैरवबहादुर थापा रहनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशकहरू कमल राई, राजु शाह, आरसी कोइराला, जोगेन्द्र केसी र चन्द्रमान मुनिकारलाई सल्लाहकारमा चयन गरिएको घोषणा गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष भुवनदास श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शम्भु शाही, उपाध्यक्ष केशव कोइराला, महिला उपाध्यक्ष शारदा सोती शर्मा, महासचिव ऋषिकेश श्रेष्ठ, सचिव कृष्ण रसाल, कोषाध्यक्ष संगीता शाही खड्की, सहकोषाध्यक्ष चूडामणि फुँयाल तथा सदस्यहरू अजयकुमार विष्ट, बाबु सेञ्चुरी, देवराज गुरुङ, छिरिङ लामा, विजय घिसिङ, पिंकी खड्का, दीपक श्रेष्ठ, पूर्णिमा श्रेष्ठ र अनिता रञ्जितकारलाई परिचयपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा संघअन्तर्गतका विभिन्न प्रदेश, जिल्ला तथा नगर कार्यसमितिहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । आजीवन सदस्य भवानी कोइरालालाई पनि परिचयपत्र प्रदान गरिएको जनाइएको छ ।
यसै अवसरमा संघको २०८३ सालको भित्तेपात्रो विमोचन गरिएको थियो । साथै, संघले नयाँ सदस्यका रूपमा दीपक श्रेष्ठ, पूर्णिमा श्रेष्ठ, अनिता रञ्जितकार र लुम्बिनी प्रदेशका लोकेन्द्र शाहलाई मनोनयन गरिएको जानकारी गराइएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि