काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
सीमा विवादको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उहाँले यस सम्बन्धमा कुटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिनुभएको हो । पराजुलीले नेपाललाई जानकारी नगराई छिमेकी राष्ट्रहरूले लिपुलेकका सम्बन्धमा गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाउनु भयो । सीमा विवाद जस्तो संवेदनशील विषयलाई उत्तेजना भन्दा पनि कुटनीतिक र राजनीतिक संवादका माध्यमबाटै समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पराजुलीकाअनुसार सरकारले यस प्रक्रियालाई अगाडि बढाउन आवश्यक तयारी गरिरहेको छ र संवादबाटै समस्याको निकास निकाल्न सरकार प्रतिवद्ध रहेको छ ।
उहाँले सरकारको धारणा स्पष्ट पार्दै भन्नुभयो, ‘हामीलाई जानकारी नदिई दुई छिमेकी देशले गरेको व्यापारिक सम्झौता हाम्रा लागि मान्य छैन । सरकारले आफ्नो तर्फबाट सीमा विवादलाई संवादमार्फत टुङ्ग्याउन स्पष्ट अडानका साथ नोट पठाइसकेको छ ।’
उहाँले सरकारले आफ्नो तहबाट आवश्यक पहलकदमी शुरु गरिसकेकाले यस विषयमा धेरै टिप्पणी गरिरहनु आवश्यक नरहेको समेत उल्लेख गर्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि