काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारणसभाले व्यवसाय विस्तार, उत्पादन क्षमता वृद्धि तथा सेयर निष्कासन प्रक्रियामा केन्द्रित विभिन्न निर्णय गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ ।
सभामा कम्पनीको दीर्घकालीन विकास रणनीतिअन्तर्गत विभिन्न महत्त्वपूर्ण निर्णयअन्तर्गत कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ, जसले कम्पनीको पुँजी संरचना सुदृढ गर्दै पुँजी बजारमा प्रवेश गर्ने मार्ग प्रशस्त गर्ने बताइएको छ ।
त्यसैगरी उत्पादन क्षमता विस्तार गर्ने तथा उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ । जसले उत्पादन दक्षता वृद्धि गर्नुका साथै गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने कम्पनीले अपेक्षा गरेको छ । कम्पनीका अध्यक्षले कम्पनीलाई प्रतिस्पर्धी, दिगो तथा नवप्रवर्तनशील बनाउँदै गुणस्तर र आधुनिक प्रविधिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि