भोजपुर । भोजपुर नगरपालिका–७ स्थित कोदार रंगशालामा सम्पन्न आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि झापाको गेरबाबा फुटबल क्लबले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा गेरबाबाले संखुवासभा ११ लाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
झापाका लागि जर्सी नम्बर २७ की हिमा राउतले गोल गरेकी थिइन् भने संखुवासभाका लागि जर्सी नम्बर १२ की अस्मिता गुरुङले बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि भएको पेनाल्टी सुटआउटमा गेरबाबा निर्णायक बनेको हो ।
प्रतियोगिताको विजेता गेरबाबा फुटबल क्लबले उपाधिसहित नगद रु १ लाख ६ हजार प्राप्त गरेको छ भने उपविजेता संखुवासभा ११ ले रु ५५ हजारसहित ट्रफी र मेडल हात पारेको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
ADVERTISEMENT
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा वैशाख २१ गतेदेखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगितामा भोजपुर–१० भैंसीपंखा, संखुवासभा ११, फेयर फुटबल क्लब धरान, रिमाचुङ फुटबल क्लब टेम्केमैयुङ, लेटाङ फुटबल क्लब र गेरबाबा फुटबल क्लब झापासहित ६ टोलीको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि