काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको कम्पनीले जनाएको छ।
सभामा कम्पनीको दीर्घकालीन विकास रणनीतिअन्तर्गत महत्वपूर्ण नीतिगत निर्णयहरू पारित गरिएको छ। ती निर्णयअनुसार कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन (आइपिओ) गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। यसले कम्पनीको पुँजी संरचना सुदृढ बनाउँदै पूँजी बजारमा प्रवेश गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
यससँगै, उत्पादन क्षमता विस्तार गर्ने तथा आधुनिक अटोमेसन प्रणाली कार्यान्वयन गर्ने योजना प्राथमिकतामा राखिएको छ। यस कदमबाट उत्पादन दक्षता अभिवृद्धि हुनुका साथै गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।
सभाले लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ। साथै, व्यवसाय विस्तार र नयाँ उत्पादन प्रवर्द्धनमा विशेष जोड दिने निर्णयसमेत गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अध्यक्षले संस्थालाई प्रतिस्पर्धी, दिगो र नवप्रवर्तनमुखी बनाउँदै गुणस्तर तथा आधुनिक प्रविधिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
AGM सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण शेयरधनी, व्यवस्थापन टोली तथा सरोकारवालाप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि