काठमाडाैं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्षको निर्देशनअनुसार परिषद्को सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो । बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
यस बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश पदका लागि उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्नु रहेको छ । बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरू सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।
लामो समयदेखि रिक्त वा निमित्तको भरमा चल्दै आएको न्यायपालिकाको नेतृत्व चयनका लागि यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । परिषद्ले गर्ने सिफारिस संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि