भोजपुर । भोजपुरमा भएको मेयर कप महिला फुटवलको उपाधि संखुवासभा ११ ले जितेको छ ।
भोजपुर नगरपालिका ७, कोदार रंगशालामा बुधबार आठौं संस्करणअन्तर्गत भएको फाइनल खेलमा पेनाल्टी सुटमा झापाको गेरबाबा फुटवल क्लवलाई ५-४ गोलले हराउँदै संखुवासभा बिजेता बनेको हो ।
दुवै टिमबाट निर्धारित समयमा १-१ गोल भएपछि खेल पेनाल्टी सुटमा धकेलिएको थियो । झापाका लागि जर्सी नम्वर २७ का हिमा राउत र संखुवासभाका लागि जर्सी नम्बर १२ का अस्मिता गुरूङबाट गोल भएको थियो । खेल बरावरी भए पश्चात् भएको पेनाल्टी सुटमा संखुवासभाबाट ५ र झापाबाट ४ गोल भएको थियो ।
बिजेता बनेको संखुवासभाका लागि अस्मिता गुरुङ, किरन लिम्बु, मनिशा थापा मगर, भुमिका बुढाथोकी र रेखा बिष्टबाट गोल भयो भने झापाका लागि रोशनी क्षेत्री, कुसुम खतिवडा, हिमा राउत र प्रतिज्ञा क्षेत्रीबाट गोल भएको थियो । यो खेलको प्लेयर अफ द म्याच संखुवासभाका अस्मिता गुरुङ बन्नुभयो ।
फाइनल खेलबाट बिजेता हुने टिम संखुवासभाले उपाधि सहित नगद एक लाख छ हजार र उपबिजेता झापाले ५५ हजार पाएको छ । यस्तै खेलको सर्वोत्कृष्ठ खेलाडी झापाका पेमा दुक्पा, उत्कृष्ठ गोल रक्षक झापाकै सवनम राई र संखुवासभाका दिपक चौहानले उत्कृष्ठ कोचको पुरस्कार पाउनुभयो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा बैशाख २१ गतेदेखि २३ गतेसम्म महिला मेयर कप फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा भोजपुर नगरपालिका वडा नम्वर १० भैसिपंखा, संखुवासभा ११, संखुवासभा, फेयर फुटवल क्लव धरान, रिमाचुङ फुटवल क्लव टेम्केमैयुङ, लेटाङ फुटवल क्लव र गेरबाबा फुटवल क्लव झापा सहित छ टिमले सहभागिता जनाएका थिए ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि