जुम्ला । कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा संचालन हुने सातौँ संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको सबै तयारी भएको छ ।
पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिँदै क्लबका अध्यक्ष सरोज शाहीले वैशाख २६ गतेहुने जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पुरा भइसकेको छ । जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको राराताल जाने पदमार्गको पर्यटन प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथनको आयोजना गरिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
प्रतियोगितामा कुल एक हजारबढी खेलाडी सहभागीहुने भएकाछन् । सबैभन्दा लामो जुम्ला-रारा अल्ट्रा म्याराथन ५४ किमी दुरीको दौड प्रतियोगिता १३५ जना खेलाडीले नाम दर्ता गरेकाछन् । यसैगरी ५ किमी दुरीमा ६५० जना र १० किमीतर्फ २ सय जना सहभागीहुने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीको भनाइ छ ।
विशेषगरीज जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा भारत, फ्रान्स, अमेरिका, बेलायत, नेदरल्याण्ड र इटालीलगायतका देशका धावकले नाम दर्ता गरेकाछन् । हालसम्म भारत र फ्रान्सका धावक जुम्ला पुगिसकेको कर्णाली स्पोर्ट क्लवका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धनमा जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताले टेवा पुग्ने अपेक्षा राखिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगीताको ५४ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तेस्रोलाई रु दुई हजार पुरस्कार तोकिएको क्लबका अध्यक्ष शाहीको भनाइ छ ।
साथै १० किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाँच हजार तथा ५४ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार, चौथो र पाचौँलाई समान रु २०-२० हजार पुरस्कारको व्यवस्थापन गरिएको कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि