जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-५, का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेकाछन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीकाअनुसार बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा वडाध्यक्ष बुढा लाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान हुँदै छ । महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन् । अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रेग्मीको भनाइ छ ।
पीडित महिलालाई वडाध्यक्ष बुढाले पटक-पटक धम्की दिँदै जबरजस्ती करणी गरेको जाहेरी दर्ता भएपछि वडाध्यक्ष बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि