काठमाडौं । धादिङ जिल्लामा आज भूकम्प गएको छ।
खानी तथा भूगर्भ विभागका अनुसार धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११:१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
भूकम्पबाट हालसम्म कुनै प्रकारको मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि