काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाउनुभएको छ ।
सामाजिक सञ्जालमा अध्यक्ष साम्पाङले “आफ्नो एउटा फोन समेत उठाउन नसक्नेले देशको जिम्मेवारी कसरी उठाउलान् ?” भन्दै टिप्पणी गर्नुभएको हो ।
उहाँले राजनीतिक नियुक्तिविरुद्ध बोल्ने सरकारले स्वकीय सचिव राख्नुको औचित्यमाथि समेत प्रश्न गर्नुभएको छ ।
साम्पाङले मन्त्रीहरूका स्वकीय सचिवसमेत हटाउनुपर्ने धारणा राख्दै “ढुकुटी बचाउने नै भए ओके” भनेर उल्लेख गर्नुभएको छ ।
उहाँले धरानको पुरानो अस्पतालको जग्गा बीपी अस्पतालको नाममा लगिएको विषय आफूले प्रधानमन्त्री बालेन शाहलाई जानकारी गराएको भए पनि हालसम्म कुनै निर्णय नभएको गुनासो गर्नुभएको छ ।
त्यस्तै, सुकुम्बासीका लागि रहेको जग्गा खोसिने तर प्रतिष्ठानका नाममा रहेको सरकारी जग्गा फिर्ता गराउन नसकिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि