काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका सुकुमबासी बस्ती हटाउन थालेपछि ती क्षेत्र अहिले उजाड बनेका छन् । डोजर लगाएर घरटहरा हटाइएपछि विस्थापित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।
भत्काइएका बस्तीका भग्नावशेषबीच अहिले भने कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ । उनीहरूका लागि उजाड बनेका ती बस्ती आम्दानीको नयाँ स्रोतजस्तै बनेका छन् ।
गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाइएपछि अहिले त्यहाँ बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन् । भत्काइएका घरटहराबाट जस्तापाता, फलाम, तार तथा अन्य धातुजन्य सामग्री संकलन गर्न उनीहरूको भीड लाग्ने गरेको स्थानीयले बताएका छन् ।
डोजरले घरटहरा भत्काएपछि बाँकी रहेका सामग्री संकलन गरी बिक्री गर्ने क्रम बढेको छ । कतिपयले प्रयोग गर्न मिल्ने काठ, झ्यालढोका र अन्य सामग्रीसमेत उठाएर लैजाने गरेका छन् ।
सरकारले नदी किनार तथा सार्वजनिक जग्गा खाली गराउने अभियानलाई तीव्र बनाइरहेको भए पनि विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन भने चुनौतीपूर्ण बनेको छ । अर्कोतर्फ, उजाड बनेका बस्ती क्षेत्रमा अहिले भग्नावशेष र कवाडी संकलन गर्नेहरूको गतिविधि मात्र देखिन थालेको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…