काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले सरकारले पत्रकारितामाथि कुनै पनि प्रकारको अंकुश लगाउने तयारी नगरेको स्पष्ट पार्नुभएको छ।
राष्ट्रिय पत्रकारिता दिवस–२०८३ का अवसरमा बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै उहाँले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्नुभयो।
उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउँदै पत्रकारिताले तथ्य र सत्यलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजका कारण समाजमा भ्रम, विभाजन र अविश्वास बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि तथ्यजाँचलाई पत्रकारिताको महत्वपूर्ण अंग बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
“सरकार पत्रकारितामाथि कुनै पनि प्रकारको अंकुश लगाउने तयारीमा छैन,” उहाँले भन्नुभयो।
उहाँका अनुसार स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिने भएकाले पत्रकारिताले समाजलाई सही दिशामा मार्गदर्शन गर्नुपर्ने हुन्छ।
सूचना प्रविधिको तीव्र विकासले सञ्चार क्षेत्रमा क्रान्ति ल्याए पनि त्यससँगै चुनौतीहरू पनि बढेको उल्लेख गर्दै उहाँले जिम्मेवार पत्रकारितालाई सुशासनको आधारका रूपमा व्याख्या गर्नुभयो।
यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको उहाँले जानकारी दिनुभयो।
मन्त्री तिमिल्सिनाले सरकारले सञ्चारमाध्यमको व्यवसायिकता र दिगोपनलाई ध्यानमा राख्दै विज्ञापन नीति–२०८३ तर्जुमा गर्ने तयारी भइरहेको पनि बताउनुभयो।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र