काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले जेन–जी युवालाई तत्काल रोजगारी दिन नसकिएको स्वीकार गर्नुभएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा बोल्दै उहाँले रोजगारी माग्दै दैनिक ठूलो संख्यामा युवा मन्त्रालयमा आउने गरे पनि सरकारले तत्काल रोजगारी सुनिश्चित गर्न नसकेको बताउनुभयो।
उहाँका अनुसार मन्त्रालयको मुख्य जिम्मेवारी प्रत्यक्ष रोजगारी सिर्जना नभई सीप विकास, रोजगारसँग जोड्ने र प्लेसमेन्ट सहजीकरण गर्ने मात्र हो।
मन्त्री यादवले जेन–जी आन्दोलनमा घाइते भएका युवाहरू पनि रोजगार माग्दै मन्त्रालय आउने गरेको उल्लेख गर्दै उनीहरूलाई हालसम्म ठोस रोजगारी दिन नसकिएको स्वीकार गर्नुभयो।
“उहाँहरू रोजगारी माग्न आउनुहुन्छ, तर हामीले रोजगारी दिन सकेका छैनौं,” उहाँले भन्नुभयो।
उहाँका अनुसार राष्ट्रिय रोजगार कार्यक्रमको बजेट १३ अर्बबाट घटेर १ अर्ब २० करोडमा सीमित भएपछि कार्यक्रमको प्रभावकारिता कमजोर बनेको छ।
यस बजेटले देशभर करिब १७ हजार जनालाई मात्र १०० दिनको रोजगारी दिन सकिने अवस्था रहेको उहाँले बताउनुभयो।
मन्त्री यादवका अनुसार मन्त्रालयको कुल बजेटसमेत घटेर आगामी वर्ष २ अर्ब ६० करोडमा सीमित हुने देखिएको छ, जसले रोजगारी सिर्जनामा थप चुनौती बढाएको छ।
उहाँले अब राष्ट्रिय रोजगार कार्यक्रमलाई सीपमूलक तालिम र निजी क्षेत्रसँगको रोजगारी समन्वयमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
मन्त्रालयले आगामी बजेटमा घाइते युवालाई सीप तालिम दिने योजना राखेको भए पनि प्रत्यक्ष रोजगारीको ग्यारेन्टी गर्न नसकिने उहाँको भनाइ छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र