ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र त्यहाँ बनेका संरचना खाली गर्न निर्देशनसहित सूचना जारी गरेपछि नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयबारे अन्योल सिर्जना भएको छ।
मन्त्रालयको बुधबारको सूचनापछि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा रहेको एमाले कार्यालय हटाउनुपर्ने अवस्था आउन सक्ने चर्चा सुरु भएपछि पार्टीभित्र अनौपचारिक परामर्श तीव्र भएको छ।
एमालेको केन्द्रीय कार्यालय हाल ललितपुरको च्यासलस्थित उक्त प्रतिष्ठानको भवनमा सञ्चालनमा छ। पार्टीले स्थायी कार्यालय निर्माण प्रक्रिया अघि बढाइरहेको भए पनि हालका लागि सम्झौता गरेर सो भवन प्रयोग गर्दै आएको हो। एमाले २०७८ सालदेखि त्यहाँ बस्दै आएको हो।
२०७२ सालको भूकम्पपछि बल्खुस्थित पुरानो कार्यालय भत्किएपछि एमालेले विभिन्न स्थान परिवर्तन गर्दै आएको थियो। त्यसपछि धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली र केही समय निजी घरमा कार्यालय सञ्चालन गर्दै अन्ततः च्यासलमा पुगेको थियो।
च्यासलमै रहँदा स्थायी कार्यालय निर्माणका लागि आर्थिक संकलन अभियानसमेत चलाइएको थियो। व्यवसायी मीनबहादुर गुरुङको सहयोगमा १० रोपनी जग्गासहित करिब एक अर्ब रुपैयाँ लागतमा पार्टी कार्यालय निर्माण गर्ने योजना अघि बढाइएको थियो, जसको शिलान्यास पनि गरिएको थियाे ।
सरकारी सूचनापछि अहिले एमाले नेताहरूबीच कार्यालय व्यवस्थापन र सम्भावित स्थानान्तरणबारे छलफल भइरहेको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र