काठमाडौं । आज(शुक्रबार)देखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् यम थापाको निर्देशनमा ‘लालीबजार’, प्रकु पाण्डेयको निर्देशनमा ‘मालती मंगले’ र प्रेम सोनी सुनारको निर्देशनमा ‘गुरुआमा’ । यस्तै, बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट-२’ पनि आजदेखि प्रदर्शनमा आएका छन् ।
सिनेमाघरहरूले पाँच चलचित्रलाई विभिन्न सूचकअनुसार शो विभाजन गरेका छन् । जसमा, ‘लालीबजार’ले १२० शोज, ‘गुरुआमा’ले ७१ र ‘मालती मंगले’ले १०३ शोज पाएका छन् । सामाजिक कथा, पारिवारिक भावना, पौराणिक कथा तथा एक्सनले भरिएका चलचित्रहरूले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । यसका साथै यो विकेण्डमा अघिल्ला सतादेखि प्रदर्शरत चलचित्र ‘परालको आगो’सहित आधा दर्जन चलचित्र पनि सिनेमाघरमा प्रदर्शनरत छन् ।
आज(शुक्रबार)देखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् यम थापाको निर्देशनमा ‘लालीबजार’, प्रकु पाण्डेयको निर्देशनमा ‘मालतीको मंगले’ र प्रेम सोनी सुनारको निर्देशनमा ‘गुरुआमा’ । यस्तै, बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’ पनि आजदेखि प्रदर्शनमा आएका छन् ।
‘लालीबजार’लाई बुधबार उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुपर्ने अवस्था नदेखिएको बताएसँगै प्रदर्शनको बाटो खुलेको हो । वैशाख १८ गते तोकिएको प्रदर्शन अदालतमा रिट परेकै कारण रोकिएको थियो । बादी समुदायको विषयमा बनेको यो चलचित्रमा यम थापाकै कथा छ । प्रदर्शनको बाटो खुलेलगत्तै रिलिज हुँदा एकैदिन तीनवटा चलचित्र प्रदर्शनमा आउने आएका छन् ।
लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, विरवल चौधरीलगायत कलाकारको अभिनय छ । चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहनुभएको छ भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहनुभएको छ ।
त्यस्तै, चलचित्र ‘मालती मंगले’मा निर्देशक पाण्डेयको कथा छ । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पार्नुभएको हो । चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारको अभिनय छ । चर्चित गायक रामकृष्ण ढकला निर्माता, सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सहनिर्माताका रूपमा हुनुहुन्छ ।
यस्तै, ‘गुरुआमा’मा मिथिला शर्मा, वुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, धुर्व कोइराला, टीका सानु, उत्तम केसी, राधिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बागदश, टंक मरासिनी, जस्मिन मगर, सदिक्षा शर्मा, आदर्श गहतराज, अर्नब घिमिरे, सफल पौडेल, विश्वास नेपाल, कमला परियार, उदय अतित, सुमन विश्वकर्मालगातका कलकारको अभिनय छ । त्यस्तै अतिथि कलाकारका रूपमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति छ । निर्माण पक्षका अनुसार चलचित्रले शिक्षक-विद्यार्थी सम्बन्ध, त्याग, संघर्ष र सम्मानका कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर