हेटौंडा । हेटौंडामा ट्रकको ठक्करबाट एक प्रहरी कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका ३६ वर्षीय श्रेष्ठ रहेका छन् । उहाँ नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुरमा कार्यरत हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना वैशाख २१ गते सोमबार बिहान करिब ८ बजे थानाभर्याङस्थित पूर्व–पश्चिम राजमार्गमा भएको हो । नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प १४१५ नम्बरको स्कुटरलाई पछाडिबाट आएको ना ५ ख ५२५२ नम्बरको फलाम लोड ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ८ः२५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक, स्कुटर तथा ट्रक चालक बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र