रौतहट । गौरमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार राति करिब साढे ९ बजे गौर नगरपालिका–५ स्थित मधेसी क्रान्ति चोक नजिक सार्वजनिक सडकमा हिँडिरहेका सर्वसाधारणलाई नक्कली पेस्तोल देखाएर डर त्रासमा पार्दै लुटपाटको प्रयास गरिएको थियो ।
प्रहरीले रौतहटको परोहा नगरपालिका–४ निवासी २० वर्षीय शेख जवेरलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार मादक पदार्थ सेवन गरेका जवेरले बच्चाहरूले खेल्ने खेलौनाजस्तो नक्कली पेस्तोल प्रयोग गरी सर्वसाधारणलाई धम्क्याइरहेका थिए ।
लुटपाटको उद्देश्यले धम्कीपूर्ण गतिविधि भइरहेको सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका युवकको साथबाट घटनामा प्रयोग गरिएको नक्कली पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको तथा पक्राउ परेका युवकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र