बैतडी। बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार यहाँको मेलौलीमा विहिबार इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।
आज सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शिवराज भट्टले कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
नयाँ नागरिकता, प्रतिलिपी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा दिने गरि ईलाका प्रशासन कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । कार्यालय प्रमुखसहित तीन जनाको टोलिले कार्यालय मार्फत सेवा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।
मेलौलीमा ईलाका प्रशासन कार्यालय स्थापना भएसङ्गै पन्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका स्थानीयहरूले सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय स्तरमै सेवा उपलब्ध हुने भएपछि नागरिकलाई सहज भएको स्थानीय सुरेश नायकले बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र