काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन(आइएफसी)सँग बैंकिङ अन ओमेन(बिओडब्लु) पहलअन्तर्गत ग्लोबल डब्लुएमएसएमइ सेक्स डिसएग्रिगेटेड डाटा(एसडिडी) सम्बन्धी सहकार्य सम्झौता गरेको छ । उक्त कार्यक्रमलाई ओमेन इन्टरप्रेनियर्स फाइनान्स इनिटियटिभ वी फाइले सहयोग प्रदान गरिरहेको छ ।
बैंकका अनुसार वी फाइ विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्लुएमएसएमइएस) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापित बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । जसअन्तर्गत सञ्चालन हुने ओमेन इन्टरप्रेनिसर्य फाइनान्स कोड-वी फाइनान्स कोड वित्तीय संस्था, नियामक निकाय तथा सरोकारवालाबीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराउँदै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राख्छ ।
उक्त सहकार्य सम्झौतामा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आइएफसीका क्षेत्रीय प्रतिनिधि मेहदी चेरकाउइले हस्ताक्षर गर्नुभएको छ । सहकार्य बैंकलाई लैंगिक आधारमा विभाजित तथ्यांक (सेक्स डिसएग्रिगेटेड डाटा(एसडिडी) संकलन, विश्लेषण तथा उपयोग सुदृढीकरण, महिला स्वामित्व भएका साना तथा मझौला उद्यमहरूका आवश्यकता, चुनौती र अवसर अध्ययन, महिला उद्यमी लक्षित नवीन तथा प्रभावकारी वित्तीय समाधानहरूको विकास रहेका छन् ।
उक्त सहकार्यले लक्ष्मी सनराइज बैंकको जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाएको उल्लेख गर्दै बैंकले सो पहलमार्फत् महिला उद्यमशीलता प्रवर्द्धन गर्दै समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…