काठमाडौं । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र राष्ट्रिय डाटा सुरक्षा सुदृढ बनाउने लक्ष्यसहित बिचुटेन डाटा भोल्ट(बिडिभी) ले देशकै पहिलो टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण गर्ने भएको छ । नेपालमा बढ्दो डिजिटल माग र कृत्रिम बौद्धिकता (एआई) को भविष्यलाई मध्यनजर गर्दै साढे दुर्ई अर्ब प्रारम्भिक लगानीमा परियोजना सुरु गरिएको हो । सञ्चालनमा आउने अत्याधुनिक डेटा सेन्टर परियोजना ‘बिचुटेन डेटा वर्ल्ड’ले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेरर ग्रुप), अनुप केडिया (केडिया ग्रुप), विशालकुमार माहटा र शरद गोयलको नेतृत्वको उक्त स्वदेशी कम्पनीले नेपालको डिजिटल सार्वभौमिकता(डाटा सोभरेन्टी) सुदृढ गर्दै सुरक्षित डिजिटल भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीका अनुसार डाटा सेन्टरका प्रमुख विशेषतामा अन्तर्राष्ट्रियस्तरको विश्वसनीयता रहेको छ । उक्त परियोजना नेपालकै पहिलो टियर आइभी प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्छ । जसको अर्थ वार्षिक रूपमा अधिकतम २६ मिनेटभन्दा कम अवरोध हुने सम्भावना रहन्छ । जसले बैंकिङ, दूरसञ्चार तथा अन्य संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार डाटा सेन्टर काठमाडौं (साइट १) र वीरगञ्ज (साइट २) मा स्थापना गरिनेछ । प्रारम्भिक दुई सय ४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्ममा पाँच मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।
परियोजनाका लागि बिडिभीले भिभिडिएन टेक्नोलोजिस, गुगल क्लाउड, एएमडी-माइक्रोन टेक्नोलोजी जस्ता अग्रणी अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग रणनीतिक सहकार्य गरेको छ । परियोजनाले नेपालमा आइटी र इञ्जिनियरिङ क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । साथै, दीर्घकालीन रूपमा सर्भर, क्यामेरा, ल्यापटप तथा ट्याब्लेट उत्पादन गर्ने लक्ष्यसमेत रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाटा नै एआई र डिजिटल रूपान्तरणको आधार हो भन्ने सिद्धान्त आत्मसात गर्दै बिडिभीले इन-कन्ट्री डाटा रेसिडेन्सी सुनिश्चित गर्नेछ । जसले विदेशी निर्भरता घटाई राष्ट्रिय सुरक्षा तथा साइबर प्रतिरोधात्मक क्षमता सुदृढ बनाउनेछ ।
डाटा सेन्टर पूर्णरूपमा नेपालको जलविद्युत् ऊर्जामा आधारित हुने गरी डिजाइन गरिएको छ, जसले ऊर्जा दक्षता र वातावरणमैत्री प्रविधि प्रयोगलाई प्रोत्साहन गर्दछ । बिचुटेन डाटा भल्ट प्रालि नेपालमा आधारित एक निजी कम्पनी हो, जुन सुरक्षित, स्केलेबल र विश्वस्तरीय डिजिटल पूर्वाधार निर्माणमा केन्द्रित छ । ‘बिचुटेन’ नाम भगवान् विष्णुको जापानी बौद्ध नामबाट लिइएको हो, जसको अर्थ रक्षक हुन्छ । कम्पनीको उद्देश्य नेपालको डिजिटल भविष्य सुरक्षित, आत्मनिर्भर र सक्षम बनाउनु हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र