जुम्ला । जुम्ला प्रशासन कार्यालयले हुलाकमार्फत घरमै राहदानी पुर्याउन थालेको छ । प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि बुधबार सम्झौता भएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलोपटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
घरदैलो राहदानी वितरण सेवा सुचारुहुने सम्बन्धि सार्वजनिक सुचनामार्फत जानकारी समेत गरिएको छ । जिल्ला हुलाक कार्यालय मार्फत सम्बन्धित राहदानी धनीहरूको घरमै पुर्याउने व्यबस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
राहदानी बुझ्दा अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक सरकारी कागजात (नागरिकता, राष्ट्रिय परिचय पत्र, मतदाता नामावली) साथमा राख्नुपर्नेछ । कुनै अन्य व्यक्ति मार्फत राहदानी बुझ्नुपर्ने भएमा सम्बन्धित व्यक्तिको एकाघरको नाता खुल्ने कागजात समेत साथमा आवश्यक पर्ने छ । साथै, वितरण प्रक्रियालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सबै सेवाग्राही महानुभावहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी पौडले जानकारी दिनुभयो ।
हुलाक कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशदत्त रावलले हुलाक मार्फत राहदानी बुझिलिने सम्बन्धी प्रशासनसंग सम्झौता भएको छ । शासकिय सुधारको एक सय कार्यसुचिको २७ नम्बर बुँदामा हुलाक कार्यालयलाई प्रभावकारी बनाउने भन्ने उल्लेख भएकामा सोही कार्यान्वयन गर्ने सन्दर्भमा जिल्लामा पहिलोपटक राहदानी घरमै पुर्याउने सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
यहाँका एक नगरपालिका सहित सात गाउँपालिका नागरिकको राहदानी घरमै वितरणका लागि हुलाक कार्यालयले हल्कारामार्फत बढीमा तीन दिनभित्र सेवाग्राहीको घरमै सुरक्षित रुपमा पुर्याउने हुलाक कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख रावलको भनाइ छ ।
राहदानीसँगै अन्य सरकारी कागजात समेत घरमै पुर्याउने कामको थालनी छिट्टै गरिने प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरमै राहदानी वितरण गर्ने सरकारको कामलाई यहाँका सर्वसाधारण नागरिकले सकारात्मक रुपमा लिएकाछन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र