भोजपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छोडेका नेता सुदन किराती आज हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु हुनेभएकाे छ ।
किरातीलाई श्रम संस्कृति पार्टीले वरिष्ठ नेताको जिम्मेवारी दिएर पार्टी प्रवेश गराउने भएको हो । किरातीसहित अन्य १५ जनालाई बागबजारको हार्दिक होटलमा शुक्रवार दिउँसो हुने एकता घोषणा सभामा पार्टी प्रवेशको घोषणा गरिने कार्यक्रम रहेको छ । भोजपुरबाट संघीय संसदमा निर्वाचित पूर्व सांसद किराती पूर्वपर्यटनमन्त्री पनि हुनुहुन्छ ।
जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा किराती पाँच सदस्यीय अध्यक्ष परिषद्को एक सदस्य हुनुहुन्थ्याे । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि भने उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएकाे थियाे ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र