काठमाडौं । सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाएर उठिबास लगाइएको भन्दै संयुक्त सुकुम्बासी मोर्चा नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आएका सुकुम्बासीहरूले आफ्नो हक, अधिकार र बसोबासको सुनिश्चितताको माग गर्दै थाल र चम्चा बजाएर विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले माइतीघर मण्डला क्षेत्रमा नाराबाजी गर्दै काठमाडौं महानगरपालिका र सरकारको “डोजर आतंक” विरुद्ध आक्रोश पोखेका थिए। उनीहरूले हातमा रित्तो थाल बोकेर आफूहरू भोकमरी, विस्थापन र उठिबासको पीडामा परेको संकेत गरेका थिए।
प्रदर्शनका क्रममा “समाजवादको नारा, डोजरको सहारा”, “विकासको नाममा विस्थापन बन्द गर”, “सुकुम्बासी जनता सडकमा, बालेन चाहिँ महलमा” जस्ता नारा लगाइएको थियो। साथै “सुकुम्बासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौ ?” लगायतका सन्देश लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो।
प्रदर्शनकारीहरूले विकासको नाममा कुनै वैकल्पिक व्यवस्था नगरी बलपूर्वक बस्ती हटाउनु मानवीय संवेदनाविपरीत भएको बताएका छन्। उनीहरूले सरकार र स्थानीय तहसँग सुकुम्बासीको अधिकार सुनिश्चित गर्दै सम्मानजनक पुनःस्थापनाको माग गरेका छन्।














राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र