काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो।
अमेरिकाका लागि स्मित पटेलले उत्कृष्ट शतकीय पारी खेले। उनले १०७ बलमा १० चौका र ५ छक्कासहित ११६ रन बनाए।
त्यस्तै हरमित सिंह २५ रनमा अविजित रहे भने जसदीप सिंहले अविजित ३३ रन जोडे। मोनाङ्क पटेलले २० रन बनाए।
नेपाल ‘ए’का लागि पवन सर्राफले २ विकेट लिए। यस्तै विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान १/१ विकेट लिए।
हाल नेपाल ‘ए’ले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र