काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको समग्र सुरक्षा अवस्था पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको जनाएको छ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी विस्तार हुँदै गएको र अवरुद्ध यातायात तथा आपूर्ति श्रृङ्खला छिट्टै सुचारु हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार युएईको फुजेरामा केही छिटपुट घटना भए पनि समग्र सुरक्षा अवस्था सकारात्मक देखिएको छ। विदेशमा रहेका नेपालीहरूको अवस्था सुरक्षित रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत हालसम्म ३२३ पटक सम्पर्क भएको र पछिल्लो ४८ घण्टामा कुनै नयाँ सम्पर्क नभएको जानकारी दिइएको छ। यसलाई अवस्थाको सुधारको संकेतका रूपमा लिइएको छ।
त्यस्तै, अनलाइन दर्ता प्रणालीमा हालसम्म ८७ हजार ५५१ जना नेपालीले विवरण दर्ता गराएका छन्। पछिल्लो १५ दिनमा मात्र ३२ जनाले थप विवरण भरेको तथ्याङ्कले नयाँ समस्या न्यून रहेको देखाएको मन्त्रालयको भनाइ छ।
इरानमा रहेका ११ जना नेपालीमध्ये १० जना तेहरानमा सुरक्षित रहेको र उनीहरू दोहास्थित नेपाली नियोगसँग नियमित सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। स्वदेश फर्कने तयारीमा रहेका दुई जनाले पनि हाललाई आफ्नो यात्रा रद्द गरी तेहरानमै बस्ने निर्णय गरेका छन्।
त्यसैगरी, इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ। इरानी पक्षसँग समन्वय भइरहेको र कानुनी प्रक्रियाका कारण केही समय लाग्न सक्ने प्रवक्ता क्षेत्रीले बताउनुभयो।
पश्चिम एसियामा विकसित घटनाक्रमले नेपालमा पार्नसक्ने प्रभाव अध्ययन गर्न गठित उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको मन्त्रालयले जनाएको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र