पाल्पा । पाल्पा प्रहरीले अदालतबाट सजाय घोषित भइ फरार रहेका एक जना र कुटपिट कसुरका एक प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार पक्राउ पर्नेमा तानसेन नगरपलिका– १० की ४३ वर्षीया बिना सार्की र रैनादेवी छहरा गाउँपालिका–१ का ६४ वर्षीय थानेश्वर कंडेल रहेका छन् ।
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिई सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितता कायम गर्न फरार प्रतिवादीलाई पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल उपरको लागि विहीबार जिल्ला अदालत पठाईएको धमलाले बताउनुभयो ।
उनीहरु मध्ये सार्कीलाई जारी कसुर मुद्दामा एक महिना कैद र एक हजार जरिवाना तोकिएको थियो । कुटपिट कसुर मुद्दाका कंडेललाई पाँच महिना कैद हुने फैसला अदालतले गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो । जारी कसुर मुद्दाकी बिनालाई काठमाडौंको चन्द्रागिरी नगरपालिका– ८ बाट र कुटपिट मुद्दाका थानेश्वरलाई भक्तपुरको सूर्यविनायक नगरपालिका –६ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक धमलाले जानकारी दिनुभयो । बिनाको मुद्दामा अदालतले २०७१ कार्तिक २५ गते र थानेश्वरको मुद्दामा २०८१ भदौ १७ गते फैसला गरेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र