काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त भारीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार बैंकिङ्ग कसुर (चेक अनादर/चेक बाउन्स) सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने तथा मिलापत्र प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा प्रहरी नायब निरीक्षक राउतले सेवाग्राहीसँग रु. २०,००० (बीस हजार रुपैयाँ) घुस लिएको अवस्थामा उक्त रकमसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार आरोपितले मुद्दा मिलापत्र प्रक्रियामा सहयोग गर्ने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई हैरानी दिँदै घुस मागेको पुष्टि भएको हो।
यसै आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरमा बिगो रु. २०,००० कायम गरी सोही ऐनअनुसार कैद र जरिवानाको मागदाबी सहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अख्तियारले उक्त प्रकरणमा कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र