काठमाडौं । यस वर्षको मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी चार महिनाको ऋतुगत मौसम विश्लेषण गर्दै वर्षा घट्ने तर तापक्रम भने बढ्ने जनाएको हो।
विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मञ्च (SASCOF) ले सन् २०२६ को मनसुन अवधिमा दक्षिण एसियाका धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा हुने अनुमान गरेसँगै नेपालमा पनि त्यही प्रवृत्ति देखिएको हो।
मौसमविद् हुमागाईंका अनुसार यस वर्ष कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभागबाहेक देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ। उत्तर–पश्चिमी क्षेत्रमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी कर्णालीको दक्षिणी भाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेसको पूर्वी भाग र कोशीको दक्षिणी भागमा ५५ देखि ६५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा ४५ देखि ५५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना छ। कोशी र कर्णालीका उत्तरी भूभागमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ।
यस वर्ष न्यूनतम र अधिकतम दुवै तापक्रम पनि औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको छ। सुदूरपश्चिम, कर्णाली, बागमतीका उत्तरी भूभाग, मधेसको पूर्वी भाग र कोशीको दक्षिणी भागमा तापक्रम बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
मौसमविद् हुमागाईंका अनुसार पछिल्ला वर्षहरूमा दक्षिण एसियामा चरम जलवायु घटनाहरू तीव्र बन्दै गएका छन्, जसले असामान्य वर्षा, लामो सुख्खा अवधि, भीषण गर्मी तथा बाढी–पहिरोको जोखिम बढाइरहेको छ।
नेपालमा मनसुन सामान्यतया जुन १३ तारिखतिर भित्रिने भए पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले केही दिन अघि–पछि हुने गरेको विभागले जनाएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र