काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्माको सम्बन्धमा संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ प्रक्रिया सुरु गर्ने भएको छ।
समितिको बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने तय भएको समितिकी सचिव सावित्रा शर्माले जानकारी दिनुभयो।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढाउने तथा आवश्यक उजुरी आह्वान गर्ने विषय एजेन्डामा रहेको बताइएको छ। स्रोतका अनुसार आजको बैठकबाट उजुरी आह्वान गर्ने सम्भावना रहेको छ।
संसदीय सुनुवाइ विशेष समितिका सभापति बोधनारायण श्रेष्ठ रहनुभएकाे छ ।
संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीशको औपचारिक नियुक्ति हुने प्रावधान रहेको छ।
यसअघि बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका चौथो वरीयतामा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र